पत्रकार महासंघले सञ्चारकर्मीहरुलाई भन्योः सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार बन्नू



काठमाडौं । नेपाल पत्रकार महासंघले जिम्मेवार भएर सामाजिक सञ्जाललगायतका विद्युतीय सञ्चार माध्यामहरुको प्रयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्माले जिम्मेवार भएर सामाजिक सञ्जाललगायतका विद्युतीय सञ्चार माध्यमहरुको प्रयोग गर्न सञ्चारकर्मीहरुलाई सचेत गराएकि हुन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पत्रकारहरुले आफ्नो अनुसन्धानको काम नसकिदै सामाजिक सञ्जालहरुमा त्यस्ता विषयहरु सार्वजनिक गरिदिँदा प्रहरीको अपराध अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पारिन्।

अध्यक्ष शर्माले सञ्चारकर्मीहरुलाई जिम्मेवार भएर सामाजिक सञ्जालहरुको प्रयोग गराउनका लागि महासंघले देशभर सो सम्बन्धि अभियानको सुरुवात गरेको पनि स्मरण गराईन् ।

प्रकाशित मिति : माघ २६, २०८२ सोमबार  ६ : ४९ बजे