पूर्वराजाबाट होईन राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले



काठमाडौं । नेकपा ९एमाले०का केन्द्रिय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बडालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिकै आधारमा लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने जिकिर गरे।

उनले डिस्कोर्डबाट सरकारले बनेको आरोप लगाउँदै जेन–जी आयोगको अनुसन्धान प्रतिवेदन समयमै सार्वजनिक नगरेर एमालेलाई आरोपित गर्ने प्रयास गरिरहेकोप्रति आपत्ति जनाए ।

प्रकाशित मिति : फाल्गुन १०, २०८२ आईतबार  ७ : ३० बजे