वीरगञ्जमा कर्फ्यु आदेश जारी



जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन् ।

पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ ।

कर्फ्यु क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०८२ सोमबार  ११ : ४९ बजे