भारत – पाकिस्तान तनाबका बिच पाकिस्तानद्वारा परमाणु हातियार बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण



एजेन्सी –

भारत र पाकिस्तान बिच तनाब बढी रहेका बेला पाकिस्तानले सोमबार परमाणु हातियार बोक्न सक्ने शाहीन–१ क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।

पाकिस्तानले ६५० किलोमिटर टाढासम्म सतहदेखि सतहमा मार हान्ने सक्ने नयाँ क्षेप्यास्त्र परिक्षण गरेको हो ।

पाकिस्तानी सेनाको नियमित अभ्यास प्रक्रिया अन्तर्गत शाहीन-१ मिसाइल परीक्षण गरिएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

यसबाट भारतका कयौँ सहरमाथि पाकिस्तानले आक्रमण गर्न सक्ने भारतीय मिडियाहरुले जनाएका छन् ।

पाकिस्तानी सेनाको मीडिया विंग इंटर-सर्विसेस पब्लिक रिलेशन्स (आईएसपीआर)ले उक्त मिसाइल परीक्षणको भिडियो सार्बजनिक गरेको छ ।

प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार  ३ : ५८ बजे