चीनमा खानी विस्फोट ,कम्तीमा १५ जनाको मृत्यु



काठ्माण्डौ,एजेन्सि-

चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरू नौ जना घाइते भएका छन् ।

सोमबार दिउसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरूले बुधवार जानकारी दिएका छन् । दुर्घटना भएको बेला घटनास्थलमा ३५ जना कार्यरत रहेका थिए ।

अरू ११ जनालाई भने कुनै चोटपटक पनि नलागी बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरूको भनाई छ ।

घाइतेहरूको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराइसकिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

चीनमा खानीमा हुने यस्ता दुर्घटनाका घटना बेला बेलामा भई नै रहने गरेको छ । खानीमा सुरक्षाको व्यवस्था अत्यन्त कमजोर रहेको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार  ७ : ३१ बजे