हङ्‌कङको निर्बाचनमा प्रजातन्त्र समर्थकहरुलाई ठुलो सफलता



न्यू सञ्चार्, काठ्माण्डौ-

हङ्‌कङमा भएको निर्बाचनमा प्रजातान्त्रीक आन्दोलन पक्षधरहरुले ठूलो सफलता हासिल गरेका छन ।

निर्बाचन भएका २४१ स्थान मध्ये २०१ स्थानमा प्रजाअतान्त्रीक आन्दोलन पक्षधरहरु विजयी भएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

यो निर्बाचनलाई हङ्‌कङकी प्रमुख कार्यकारी क्यारी लाम प्रती हङकङका जनताको समर्थन र उनको लोकप्रियताको परीक्षाको रूपमा हेरिएको थियो।

निर्बाचनले चिनियाँ सरकारलाई हङ्‌कङका जनता स्वतन्त्र हङ्कङको पक्षमा रहेको स्पष्ट सन्देश दिएको पनि समाचारहरुमा जनाइएको छ ।

लामो समयदेखि स्वतन्त्र हङकङको पक्षमा जारी रहेको आन्दोलन प्रती जनताको समर्थन रहेको र प्राप्त परिणामले प्राजन्त्र बादिहरुलाई थप बलियो बनाएको आकलन गरिएको छ ।

सम्बन्धित समाचार –

हङकङमा स्थानीय निर्वाचनका लागी मतदान जारी : प्रजातन्त्र पक्षधरहरु सिट बढाउने आशामा

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ६ : १९ बजे