नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही हटाइए



न्यू सञ्चार, काठ्माण्डौ-

भ्रष्टाचार बिरुद्दको अभियान बताइएको  नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई हटाएका छन् ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई हटाउने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए ।

शाहीलाई हटाउनुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ।’

अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।

नेपालका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहिबार  ८ : ०७ बजे