काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य तीन अंकले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ मा सीमित भएको हो।
बैंकिङ ०.१४, विकास बैंक ०.०३, हाइड्रोपावर ०.१६, लगानी ०.०९ तथा अन्य समूह ०.३१ प्रतिशत बढे ।फाइनान्स ०.०१, होटल तथा पर्यटन ०.२३, जीवन बीमा ०.०७, उत्पादन तथा प्रशाधेन ०.५८, माइक्रोफाइनान्स ०.२४, निर्जीवन बीमा ०.६९ र व्यापार ०.४८ प्रतिशत घटे ।
कुल तीन सय ३९ कम्पनीको ५८ लाख २८ हजार छ सय चार कित्ता शेयर रु दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार चार सय ४९ मूल्यमा खरिद बिक्री भएको छ।














