काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० रुपैयाँ घटेको हो ।
मंगलबार प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज दुई लाख ९२ हजारमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा १२५ रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला पाँच हजार ८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि प्रतितोला चार हजार ९६० रुपैयाँ निर्धारण गरिएको छ । रासस














