१२ अंकले घट्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार



काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक १२.३६ अंकले घटेर २ हजार ७४२.११ विन्दुमा बन्द भएको हो ।

आज ८९ लाख ५५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.५७, विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ तथा अन्य ०.३१ प्रतिशत घटे । व्यापार समूह स्थिर रह्यो ।

त्यसैगरी, आज ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ९ कम्पनीको सेयरमूल्य स्थिर छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०८३ बिहीबार  ४ : ०७ बजे