काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
आज सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला पाँच हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














