१६ अंकले बढ्यो नेप्से, ४ अर्ब ४९ करोडको कारोबार



काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १६.३८ अंकले बढेर २ हजार ७५८.४९ विन्दुमा बन्द भएको हो ।

आज एक करोड ८ लाख ८८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.६१, विकास बैंक ०.३९, फाइनान्स ०.२८, होटल तथा पर्यटन ०.७५, लगानी ०.४३, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा ०.२८ तथा अन्य समूह ०.२७ प्रतिशत बढे ।व्यापार समूह ०.४२ प्रतिशत घट्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.८१ प्रतिशत बढ्यो । माबिलुङ इनर्जीको ९.६४, आँखुखोला जलविद्युतको ६.९३, सुपरखुदी हाइड्रोपावरको ६.७४ तथा झापा इनर्जीको ६.६९ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै, आज २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०८३ शुक्रबार  ४ : ११ बजे