काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।
यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। यसदिन तोलामा पाँच हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ।














