काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ।मंगलबार प्रतितोला पाँच हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














