सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।

आज सून प्रतितोला पाँच हजार ६ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला चार हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : जेष्ठ १५, २०८३ शुक्रबार  ११ : ३१ बजे