काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २ हजार ७६६.७८ विन्दुमा बन्द भएको हो ।
आज एक करोड ६ लाख १७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कालिञ्चोक हाइड्रो, न्यादी हाइड्रो, एसबिआई बैंक डिबेन्चर, एनआईसी एशिया ऋणपत्र, नबिल डिबेन्चर उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ म्युचअल फन्ड सामान्य बढ्यो । बाँकी समूह सूचक घटेका छन् ।
त्यसैगरी, आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।














