काठमाडौं । काठमाडौंको लैनचौरमा बनिरहेको दक्षिण एशीयाकै लग्जरी होटेलको काम तिब्र गतिमा भइरहेको छ ।
मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजको रुपमा अस्ट्रेलियन व्यवसायी शेष घले यो ब्राण्ड भित्राएर निर्माण अघि बढाएका थिए ।
मेरियट इन्टरनेशनलको स्थापना सन् १९२७ मा भएको थियो । हाल यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १४० भन्दा बढी देशमा सञ्चालनमा छन् । यो होटल २०१३ देखि बन्न थालेपनि निर्माण अझै सकिएको छैन ।
लैनचौरमा बनिरहेको होटलको काम करिव ७५ प्रतिशत सकिएको र अब छिट्टै सञ्चालनको घोषणा गरिने घले जानकारी दिए।














