काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.२७ अंकले घटेर २ हजार ७३५.१४ विन्दुमा बन्द भएको हो ।
आज ९२ लाख ३६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.२६ प्रतिशत बढ्यो । अन्य, व्यापार र विकास बैंक सूचक १ प्रतिशतभन्दा धेरै घटे । व्यापार १.७७, अन्य १.५०, निर्जीवन बीमा ०.८३, माइक्रोफाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.४४, जीवन बीमा ०.५४, लगानी ०.३८, हाइड्रोपावर ०.९५, होटल तथा पर्यटन ०.७१, विकास बैंक १.०३ तथा बैंकिङ ०.४५ प्रतिशत घटे ।
त्यसैगरी, आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।














