सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्ब २९ करोडको कारोबार



काठमाडौं । सेयर बजार बुधबारको कारोबारमा सामान बढेको छ ।बजार २.५७ अंक बढेर २७३६.१७ विन्दुमा उक्लिएको छ ।

आज कारोबार रकम उच्च दरले घटेको छ । अघिल्लो दिन ६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब २९ करोडको कारोबार भएको छ ।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०७ अंक मात्रै बढ्यो । विकास बैंक ०.२१, फाइनान्स ०.०८, होटल तथा पर्यटन ०.५४, जलविद्युत् ०.६५, उत्पादन तथा प्रशोधन ०.१८ प्रतिशत बढे ।

बजार बढ्दा १२७ कम्पनीको सेयर मूल्य बढेको छ । १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनी स्थिर रहे ।

प्रकाशित मिति : जेष्ठ २७, २०८३ बुधबार  ४ : ५८ बजे