न्यू सञ्चार,काठ्माण्डौ-
मलेसियाले नेपालसँग औद्योगिक क्षेत्र, सेक्युरिटी गार्ड, कृषी लगायतका क्षेत्रका लागी ३१ हजारभन्दा बढी नेपाली कामदारको माग गरेको छ ।
मलेसियाले माग गरेको ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्र प्रमाणीकरण गरेको मलेसियाको राजधानि क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरेर जनाएको छ ।
मलेसिया सरकारबाट प्राप्त भएको कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको र विभिन्न म्यानपावर कम्पनीमार्फत् नेपालबाट मलेसिया कामदार पठाइने बताइएको छ ।