सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं, जेठ ३१ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य १ हजार २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८३ आईतबार  ११ : ३४ बजे