तोलामा पाँच हजारले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामै पाँच हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ पुगेको हो । आइतबार दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १२० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : असार १, २०८३ सोमबार  ११ : ०१ बजे