सार्वजनिक खरिद नियमावली संशोधन नभए आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैनः सांसद आचार्य



काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहन आचार्यले विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीमा रहेका कमजोरीका कारण मुलुकको पूर्वाधार विकास र आर्थिक लक्ष्य प्राप्तिमा अवरोध पुगेको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उहाँले पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आफ्नो धारणा राखेका हुन् ।

सांसद आचार्यले सरकारले आगामी आर्थिक वर्षका लागि प्रक्षेपण गरेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक रहेकोमा जोड दिए।

उनले सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनले बजेट रकमान्तर र भेरिएसन अर्डरमा केही सहजता ल्याएपनि अझै धेरै काम बाँकी रहेको उल्लेख गरे ।

प्रकाशित मिति : असार २, २०८३ मंगलबार  ७ : ३६ बजे