नेप्सेमा झिनो अंकको सुधार, ३ अर्ब ६३ करोडको कारोबार



काठमाडौं । बुधबार शेयरबजार परिसूचक नेप्से आज झिनो अंकले सुधार भएको छ ।

अघिल्लो दुई दिन लगातार घटेको नेप्से सूचकमा आज ०.०८ अंकले बढ्दै २ हजार ७०५.५३ अंक कायम भएको हो ।

आज ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज १२५ कम्पनीको सेयरमूल्य बढ्दा १३२ कम्पनीको सेयरमूल्य घटेको छ । यस दिन १४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, म्यानु एण्ड प्रो समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । १२६ कम्पनीको शेयर मूल्य बढ्दा आज १३१ कम्पनीको मूल्य घटेको छ । १४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रकाशित मिति : असार ३, २०८३ बुधबार  ४ : १० बजे