आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।

अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक २०८३ सभामा प्रस्तुत गरेसँगै बिहीबार प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालले बजेट पारित भएको घोषणा गरेका हुन् ।

बजेट पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्न पाउने छ ।

प्रकाशित मिति : असार ४, २०८३ बिहीबार  ८ : १६ बजे