काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।
आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार सात सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














