काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार (नेप्से)बुधबारको कारोबारमा पनि घटेको छ । बजार १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ ।
आजको कारोबार दिनमा बजारमा कुल ३३८ वटा कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ ०.४८, विकास बैंक ०.५७, होटल तथा पर्यटन ०.६२, जलविद्युत् ०.६२, लगानी ०.३२, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन १.१०, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.६४ र अन्य १.०२ प्रतिशत घटे ।
यसदिन ६२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । २०२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको स्थिर रह्यो ।














