काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
आज सुनको मूल्य तोलामा नौ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














