काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.६७ अंकले घटेर २,६०१.०९ बिन्दुमा झरेको छ।
बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।
सबै समूहगत सूचक राताम्मे भए। व्यापार समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन १.१९, विकास बैंक १.११, लगानी ०.९५, होटल तथा पर्यटन ०.७६, जलविद्युत् ०.७०, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.६६, फाइनान्स ०.६२, जीवन बीमा ०.६१, बैंकिङ ०.५० तथा अन्य समूह ०.१८ प्रतिशतले ओरालो लागे।
आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।














