काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।
आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














