काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ६० अंकले घटेर २,५७० को विन्दुमा कायम छ ।
आज दिनभरिमा ३६८ कम्पनीको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ३.०४ अंकले घटेर ४५०.५५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य नै घटेको छ । आज परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ ।
आज सेयर बजारमा २४९ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको सेयर मूल्य बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।














