सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ।

आज सुनको मूल्य तोलामा एक हजार दुई सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : असार ३०, २०८३ मंगलबार  ११ : १० बजे