काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय अमेरिकी डलरको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ, जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा पुगेको छ । स्वीस फ्र्यांक एकको खरिददर १८९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा कायम हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।
अन्य देशका प्रमुख मुद्राहरूमा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४३ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा रहँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा कायम भएको छ। नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक साउदी अरेबियाको रियाल एकको खरिददर ४० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०८ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३३ पैसा रहेको छ।
त्यस्तै संयुक्त अरब इमिरेट्स ९युएई० को दिराम एकको खरिददर ४१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा एवं डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४८ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा कायम भएको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा निर्धारण हुँदा खाडी मुलुकहरूमा कुवेती दिनार सबैभन्दा महँगो बनेको छ, जसको एकको खरिददर ४९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६१ पैसा पुगेको छ। साथै बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४०९ रुपैयाँ २८ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०० रुपैयाँ ८१ पैसा कायम भएको छ ।
छिमेकी मुलुक भारतको भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसामा स्थिर राखिएको छ । केन्द्रीय बैङ्कले यो विनिमयदरलाई बजारको आवश्यकता र उतारचढावअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ।
वाणिज्य बैंकहरूले आफैँ तोक्ने विनिमयदर भने राष्ट्र बैङ्कको दरभन्दा केही फरक हुन सक्नेछ र सर्वसाधारणले पछिल्लो अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा गएर हेर्न सक्ने जनाइएको छ।














