काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचक सामान्य अंकले बढेको छ ।
मंगलबार नेप्से परिसूचक ७.२५ अंक बढेर २ हजार ७२६.४९ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ५ अर्ब ५१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
व्यापार सबैभन्दा धेरै २.८८ प्रतिशत बढ्यो । त्यस्तै अन्य १.२०, उत्पादन तथा प्रशोधन ०.६४, लगानी ०.४९ तथा बैंकिङ ०.०९ प्रतिशत बढे ।विकास बैंक ०.४०, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.०५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०२, निर्जीवन बीमा ०.१४ प्रतिशत घटे ।
आज १०३ कम्पनीको मूल्य बढ्दा १६२ को घटेको छ भने १२ को स्थिर रह्यो ।














