रोल्पा पहिरो अपडेट: मृत्यु हुनेको संख्या तीन पुग्यो, ९जना अझै बेपत्ता



रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एकजनाको शव फेला परेको छ ।

घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

उक्त पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर, ६७ वर्षीया हस्तकला रोका मगर रहेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थल पुगी बेपत्ताहरूको खोजीकार्यमा संलग्न रहेको जानकारी दिइएको छ । रासस

प्रकाशित मिति : श्रावण २८, २०८३ बिहीबार  ११ : ३१ बजे