किशोर श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा महासंघको धर्ना



काठमाडौँ । जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ ।

समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले धर्ना दिएको हो ।

प्रकाशित मिति : श्रावण २८, २०८३ बिहीबार  ११ : २१ बजे