काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल धिरज सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका सेठले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
उनको भ्रमणका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।









