जमैकाकी २३ वर्षीया सुन्दरी बनिन मिस वर्ल्ड विजेता



लण्डन –

बेलायतमा सम्पन्न भएको मिस वर्ल्डको विजेता जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिह बनेकी छन् ।

उनलाई पहिलाकी मिस वर्ल्ड मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् । यसैगरी फस्ट रनर अपमा फ्रान्सकी सुन्दरी ओफले मेजिनो र सेकेन्ड रनर अपमा भारतकी सुन्दरी सुमन राव बनेका छन् ।यसअघि विविध विधामा

टप ४० मा पर्न सफल उनी अन्ततः मल्टिमिडिया अवार्ड विजेता बनी टप १२ मा पर्न सफल भएकी हुन् ।

६९ औं मिस वर्ल्ड २०१९ लन्डनको एक्सेल हलमा आयोजना गरिएको थियो ।

कार्यक्रममा १ सय भन्दा बढी मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए ।

मिस वर्ल्ड २०१९को सुरुवात नोभेम्बर २० बाट भएको थियो ।

प्रकाशित मिति : मंसिर २९, २०७६ आईतबार  ५ : ३९ बजे