कलाकार एबम चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराई रहेनन



काठमाडौं –

चलचित्र विकास बोर्डका अध्यक्ष एबम चलचित्र कलाकार केशब भट्टराईको निधन भएको छ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्याइएका भट्टराईलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको पार्थिव शरीर सोमबार (आज) २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा श्रदाञ्जलीका लागि राखिने चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।

करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराईका एक पत्नी र छोरा रहेका छन्।

प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार  ७ : ०६ बजे