भोटेकोशी बाढी अपडेटः मृत्यु हुनेको संख्या ५४७ पुग्यो ९७७ जना बेपत्ता



काठमाडौंं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ५४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्मा परी ९ सय ७७ जना अझै बेपत्ता रहेको जनाएको छ ।

प्राधिकरणको प्रतिवेदनअनुसार बाढी र पहिरोका कारण चितवनमा सबैभन्दा बढी २ सय २१ जनाको शव फेला परेको छ । त्यस्तै, नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा ४६ ९विभिन्न मानव अङ्गसहित०, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ ।

विपद्मा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना रहेका छन् ।

प्रकाशित मिति : भाद्र १२, २०८३ शुक्रबार  ४ : ४६ बजे