बुधबार उकालो लागेको सुन-चाँदीको मूल्य स्थिर, बिहिबार तोलाको कति छ ?



काठमाडौं । बुधबार नेपाली बजारमा उकालो लागेको सुन बिहीबार भने स्थिर रहेको छ । बुधबार तोलामा ७१ हजार ६ सयले कारोबार भएको सुन आज सोही भाउमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

बुधबार तोलाको ८५० रुपैयाँमा कारोबार भएको चाँदी आज सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार  ७ : २३ बजे