काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६.४७ अंकले घटेर २,६१३.३३ को विन्दुमा कायम भएको छ ।
आज ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३५ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
यसदिन ५० कम्पनीको मात्रै सेयर मूल्य उकालो लाग्यो भने २२३ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । यसमध्ये सबैभन्दा बढी डिवेञ्चरको सेयर मूल्य बढेको छ । किनभने यसदिन कमाउने पाँच कम्पनीमा सात प्रतिशतको लक्ष्मी सनराइज डिवेञ्चर २०९२, १० प्रतिशतको केवीएल डिवेञ्चर २०९०, ६।२५ प्रतिशतको प्राइम बैंक डिवेञ्चर २०९३, माण्डु हाइड्रोपावर र एनआईसी व्यालेन्स फन्ड रहेका छन् ।










