राष्ट्रपति पौडेलले गरे काठमाडौंका शक्तिपीठको दर्शन



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन्।

सोमवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवतीमा पुगेर पूजा आराधना गरेका हुन् ।

राष्ट्रपति पौडेलले पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे ।

दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । बडा दशैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

प्रकाशित मिति : कार्तिक २, २०८३ सोमबार  ६ : २४ बजे