काठमाडौं । नेपाल प्रहरीले दुई जना पत्रकारलाई पक्राउ गरेको छ ।
प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूजका पत्रकार शोभराज बराल लाई पक्राउ गरेको हो ।
नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई मीनभवनस्थित कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नो कार्यालयभित्र प्रवेश गरेर प्रहरीले पक्राउ गरेको नेपाल प्रेसले जनाएको छ ।
नेपाल पत्रकार महासंघले दुवै पत्रकारलाई सादा पोसाकमा आएका प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेको छ । महासंघले समाचार कक्षबाट पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ ।
महासंघले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिएको छ ।










