मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको आडमा मुलुक ‘सर्वसत्तावाद’ तर्फ उन्मुख भएको बताएका छन् ।

बुधवार पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विधि र कानूनभन्दा आदेश र लहरका भरमा राज्य सञ्चालन भइरहेको उनले आरोप लगाए ।

अध्यक्ष लिङदेनले पछिल्लो समय सरकारी निकायहरूमा भइरहेका विवादास्पद निर्णय र कर्मचारी सरुवालाई सरकारको स्वेच्छाचारी चरित्रको संज्ञा दिए ।

प्रकाशित मिति : कार्तिक १८, २०८३ बुधबार  ४ : २६ बजे