काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या जोड्ने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल सेवाको उद्घाटन गरेका हुन्।
नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले जनकपुर र अयोध्यालाई रेलमार्गमार्फत जोड्ने पहल गरिएको हो।










