काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक सामग्री उपहार दिएका छन्।
सोमबार नयाँ दिल्लीमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन समावेश गरिएको उपहार सेट प्रदान गरेका हुन्।
कलात्मक रूपमा तयार पारिएको काठको बट्टाभित्र राखेर दिइएको उक्त उपहारमा नेपालको धार्मिक आस्था र सांस्कृतिक पहिचान झल्किएको छ।
भेटका अवसरमा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदान गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका छन्।
प्रधानमन्त्री शाहले मोदीलाई प्रदान गरेको उपहार व्यक्तिगत रहेको उनको सचिवालय स्रोतले जनाएको छ।










