अष्ट्रेलियाको डढेलो रोकथामका लागि नेपाली संघसंस्था सहयोगमा जुट्दै



पुष २२, काठ्माण्डौ-

तीन महिनादेखि लागेको डढेलोले अष्ट्रेलियामा २३ जनाले ज्यान गुमाएका छन्। सयौं जनता घरबारविहीन भएका छन्।

डढेलोले अहिलेसम्म पचास करोड पशुपंक्षी जलेर मरेको अनुमान छ। विश्वभरिका मानिसले अस्ट्रेलियाको जङ्गलमा लागेको आगो रोकियोस् भनेर प्रार्थना गरिरहेका छन्। आगलागी झन् भीषण बन्दै गइरहेको छ। झण्डै दुई हजार घर जलेर खरानी भइसके। यसैबीच सोमबार वर्षा भएपछि मानिसहरुले केही राहत महसुस गरे। वर्षापछि तापक्रम केही घटेकाे छ।

अष्ट्रेलियाको कहालीलाग्दो वातावरणीय संकटपछि विश्वभरबाट सान्त्वनासँगै सहयोगका हातहरु अघि बढेका छन्।

विभिन्न सामाजिक तथा व्यवसायिक संस्थाहरु सहयोगका लागि तत्पर भएका छन्।

यसै क्रममा नेपाली व्यवसायीहरुले पनि अस्ट्रेलियन सरकारलाई सहयोग गर्न थालेका छन्।

व्यवसायीका विभिन्न संघसंस्थाले आ–आफ्नो तर्फबाट सहयोग रकम संकलन अभियान थालेका छन्।

प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार  ८ : ३२ बजे