तेहरान-
इरानले अमेरिकामाथिको आक्रमणमा सफलता प्राप्त गरेको दाबी गरेको छ । इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले राष्ट्रका नाममा सम्बोधन गर्दै आक्रमणमा सफलता प्राप्त बताएका हुन् ।
खमेनीलेले सम्बोधनमा इराकमा मारिएका जनरल कशम सोलेमानीको प्रशंसा गरेका छन् ।
यसै बिच इराकस्थित अमेरिकी सैन्य क्याम्पमा गरेको हमलालाई इरानले शुरुवाती झाँकीमात्र भएको जनाएको छ ।
अमेरिकाले फेरि पनि हमला गरेमा कडा ढङ्गले जवाफ दिइने इरानको चेतावनी छ ।
इरानी सेनाका मेजर जनरल मोहम्मद बाकरीले ‘इरानले अहिले आफ्नो सैन्य क्षमताको झाँकीमात्र देखाएको हो, फेरि पनि अमेरिकाले हमला गरेमा कडा जवाफ दिइने छ ’भनेका छन ।










