सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका १०० नेकपा नेताकार्यकर्ताहरु काँग्रेसमा प्रबेश : महामन्त्री कोइरालाले गरे स्वागत



काठ्माण्डौ-

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका झन्डै १०० नेकपा नेताकार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन । नेपाली काँग्रेस खुम्बु पासाङ ल्हामु गाउँपालिका द्धारा काठ्मान्डौमा आयोजित भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरु काँग्रेसमा प्रबेश गरेका हुन ।खुम्बु पासाङ ल्हामु गाउँपालिकाका नेकपा नेता ग्याल्जेन शेर्पाको नेतृत्वमा उनिहरु कांग्रेसमा प्रबेश गरेका हुन ।

उनिहरुलाई कांग्रेस महामन्त्री शशाङ्क कोइराला ,कांग्रेस केन्द्रिय सदस्य बलबहादुर केसि,नेपाली काँग्रेस सोलुखुम्बुका नेता एबम एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्की, काँग्रेस सोलुखुम्बुका शभापती बिनोद बस्नेत  लगायत जिल्लाका नेताहरुले स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री शशाङ्क कोइरालाले नेपालमा अहिले स्थिर सरकार भए पनि सरकारले सोचे जस्तो काम गर्न नसकेको बताए ।सरकारले भाषण मार्फत सपना बाडे पनि बिकाश र सम्बृद्दिको स्पष्ट कार्ययोजना ल्याउन नसकेको कोइरालाले उल्लेख गरे ।

कोइरालाले देशमा कांग्रेसको नेतृत्व को जरुरी रहेकोमा जोड दिदै कांग्रेसको बिकल्प नभएको दाबी गरे । महामन्त्री कोइरालाले अहिले जनताले कम्युनिष्ट पार्टिको बिकल्प खोजिरहेको दाबी गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बलबहादुर केसिले अहिलेको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।

नेता केसिले सरकार असफल भइसकेको बताउदै अब जनता कांग्रेसको पक्षमा रहेकोमा जोड दिए ।

तेस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सोलुखुम्बुका नेता एबम एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले काँग्रेस एक ढिक्का भएर अघी बढ्न जरुरी रहेकोमा जोड दिए ।

नेता कार्किले सोलुखुम्बुमा जनता काँग्रेसकै पक्षमा रहेको उल्लेख गर्दै काँग्रेस एक ढिक्का भएर जनताको बिचमा जानसके काँग्रेसलाइ कसैले पराजित गर्न असम्भब रहेको उल्लेख गरे ।नेता कार्किले खुम्बु पासाङ ल्हामु गाउँपालिका सम्म सडक पुर्याउन जरुरी रहेको भनाइ राख्दै सडक सञ्जालमा जोडिए खुम्बु क्षेत्रमा पर्यटनको सम्भाबना अझै बढ्ने र आन्तरिक पर्यटन समेत बिस्तार हुने धारणा रखे ।

काँग्रेस सोलुखुम्बुका शभापती बिनोद बस्नेतले जिल्लामा बढेको भ्रष्टाचारका बिरुद्द पार्टिले आवाज उठाइ रहेको धारणा राखे ।शभापती बस्नेतले जिल्लामा भ्रष्टाचार गर्नेलाई नछोडिने जिकिर गरे ।

कार्यक्रममा बेल्जियम स्थित नेपाली महाबाणिज्य दुत एबम कांग्रेस नेता आङ छिरिङ शेर्पा,  काँग्रेस सोलुखुम्बुका महासमिती सदस्यहरु महाधिबेशन प्रतिनिधीहरु,, दुधकुण्ड नगरपालिकाका नगर प्रमुख एबम जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र कांग्रेसका बिभिन्न गाउपालिका शभापतिहरुको उपस्थिती थियो ।

 

प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार  ६ : ०१ बजे